Post Date: May 11, 2026
Deadline Date: May 26, 2026
कर्मचारी आवश्यकता
प्रकाशन मितिः २०८३।०१।२८
दलित सेवा संघ २०५१ सालमा स्थापना भई दलित तथा सिमान्तकृत समुदायको हकहित, उत्थान तथा विकासमा क्रियाशिल राष्ट्रिय स्तरको सदस्यतामा आधारित एक गैर सरकारी संस्था हो । हाल नेपालका ५६ वटा जिल्लाहरुमा यस संघका जिल्ला शाखाहरु रहेका छन् । संस्थाले दलित र सिमान्तकृत समुदायको पक्षमा जनवकालत, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, आर्थिक सशक्तिकरण, शिक्षा तथा स्वास्थ्य, जवाफदेही शासन, जलवायु परिवर्तन तथा विपद जोखिम न्यूनीकरण र समुदायको क्षमता विकासको क्षेत्रमा काम गर्दै आईरहेको छ ।
हाल (LISEC Phase III) परियोजनाको लागि निम्न पदपुर्ति गर्नुपर्ने भएकाले इच्छुक योग्य, अनुभवी, दक्ष, इमान्दार र प्रतिबद्ध नेपाली नागरिकहरुलाई तपसिलको पदमा दरखास्त आवेदन पेश गर्न आव्हान गरिन्छ ।
१. पदः परियोजना फिल्ड संयोजक (Program Field Coordinator), माग गरिएको संख्याः १ जना, कार्यक्षेत्रः सल्यान तथा आंशिक रुपमा केन्द्रीय कार्यालय
प्रमुख जिम्मेवारीहरुः
न्यूनतम योग्यता, अनुभव र दक्षताः
२. कृषि प्राविधिक/सामाजिक परिचालकः आवश्यक संख्या १ जना, कार्यक्षेत्र सल्यान, फिल्डमा बसी कार्य गर्ने ।
आवश्यक शैक्षिक योग्यता तथा अनुभवः कृषि विषयमा कम्तीमा ३ वर्षे डिप्लोमा वा प्रविणता प्रमाण पत्र तह उत्तिर्ण गरी २ वर्षको कार्य अनुभव भएको वा अन्य विषयका हकमा कुनै पनि विषयमा स्नातक उत्तिर्ण गरि समुदायको सशक्तिकरणमा कम्तीमा ३ वर्षको कार्य अनुभव भएको हुनुपर्ने ।
मुख्य जिम्मेवारीः कृषिसँग सम्बन्धीत कार्ययोजना बनाउने, समुदाय परिचालन गर्ने, कृषकहरुलाई कृषि प्राविधिक सेवा दिने, समुदायमा तालिम तथा सचेतना अभिवृद्दि गर्ने, बजार र स्थानीय सरोकारवाला र सरकारसँग समन्वय र साझेदारी गर्ने आदी ।
आवश्यक सीपहरुः समुदायमा कृषि, पशुपञ्छी पालन, जलवायू परिवर्तन, जेसी, पोषण तथा खाद्य सुरक्षा जस्ता तालिम तथा छलफल चलाउन सक्ने, विभिन्न लजिस्टिक व्यवस्थापन गर्ने, समुदायमा रही कार्य गर्न सक्ने, दुइपाँग्रे सवारी साधन लाइसेन्स भएको, कम्प्यूटर सम्बन्धी सीप, प्रस्तुतीकरण सीप, सन्चार, समन्वय तथा टिम कार्य सम्बन्धी सीप, योजना तर्जुमा र प्रतिवेदन लेखन सम्बन्धी सीप आदि ।
३. वित्तिय अधिकृतः आवश्यक संख्या १, कार्यक्षेत्रः दलित सेवा संघ केन्द्रीय कार्यालय काठमाण्डौ र आवश्यकता अनुसार परियोजना क्षेत्रको निरन्तर अनुगमन ।
शैक्षिक योग्यताः व्यवस्थापन, वाणिज्य तथा लेखा विषयमा कम्तीमा स्नातक तह उत्तिर्ण गरी ३ वर्षको लेखा तथा प्रशासन सम्बन्धी कार्य अनुभव भएको हुनुपर्ने ।
मुख्य कार्यहरुः संस्था र प्रचलित नियमानुसार लेखा, प्रशासन, खरीद प्रकृया सम्बन्धी सम्पूर्ण कार्यहरु प्रभावकारी र छिटोछरितो रुपमा सम्पन्न गर्ने । आवश्यकता अनुसार संस्थाको लेखापरिक्षण, करसम्बन्धी कार्य, बजेट निर्माण, संस्थाको कोष निर्माण तथा परिचालन गर्ने, सफ्टवेयरमा लेखा प्रविष्टि गर्ने, वित्तिय नीति नियमावली तयार वा संशोधन गर्ने आदि ।
आवश्यक सीपहरुः फामस लगायत अन्य सफ्टवेर प्रणालीमा लेखा, प्रशासन र सम्पत्ति सम्बन्धी विवरण व्यवस्थित गर्ने, परियोजना तथा संस्थाको बजेट तर्जुमा गर्ने, प्रतिवेदन तयार गर्ने, पेश गर्ने, अन्य कर्मचारीलाई लेखा प्रशासन सम्बन्धी क्षमता अभिवृद्दि गर्ने । दैनिक कार्यालय व्यवस्थापन गर्ने, राजश्व कर तथा लेखापरिक्षण सम्बन्धी अनुभव तथा सीप र दुई पांग्रे सवारी साधन भएको हुनुपर्ने ।
सेवा सुविधाः माथि उल्लेखित पदहरुको सेवा सुविधा परियोजनामा तोकिए बमोजिम हुनेछ ।
परिक्षाको किसिमः छोटो सूचीमा परेका उम्मेदवारहरुको लिखित, अन्तरवार्ता र प्रयोगात्मक परिक्षा हुनेछ ।
आवेदन पेश गर्ने अन्तिम मिति र स्थानः २०८३ बैशाख २८ गते देखि जेठ १२ गते भित्र कार्यालयको तपसिलमा उल्लेखित ठेगाना वा ईमेल मार्फत आवेदन पेश गर्न सकिने छ ।
पेश गर्नुपर्ने आवश्यक कागजातहरुः नागरिकता, शैक्षिक योग्यता र सम्बन्धीत कार्यसँग सम्बन्धीत अनुभवका कागजातका प्रतिलिपी, आवेदन पत्र र पासपोर्ट साइजको फोटो सहितको व्यक्तिगत विवरण (CV) पेश गर्नुपर्नेछ ।
दरखास्त बुझाउने ठेगाना: दलित सेवा संघ केन्द्रीय कार्यालय काठमाण्डौ वा जिल्ला शाखा सल्यानको कार्यालयमा हार्डकपी पेश गर्न सकिने छ वा संघको ईमेल ठेगाना Infodwo@dwo.org.np मा आवेदन पेश गर्न सकिने छ ।
द्रष्टव्यः कर्मचारी छनौट सम्बन्धी सम्पूर्ण अधिकार संस्थामा निहित रहने छ । थप जानकारीको लागि कार्यालयको फोन नं. ०१५१३००१३ मा सम्पर्क गर्न सक्नु हुनेछ । सम्बन्धित जिल्लाभित्रका आवेदकहरुलाई प्राथमिकता दिइने छ ।
दलित सेवा संघ,
केन्द्रीय कार्यालय काठमाण्डौ